भाइटिकामा मिठाई किन्दै हुनुहुन्छ ? हेर्नुहोस्रा जधानीका मिठाइ पसल : शौचालय नजिकदेखि मुसा डुबेकोसम्म
काठमाडौ–तिहार सुरु भइसकेको छ । यो चाडमा फूलमालासँगै भाइ मसला र मिठाइको अत्यधिक खपत हुने गरेको छ । तिहारमा शहरी क्षेत्रमा बढी मात्रामा मिठाइको खपत हुन्छ ।
चाडवाडको समयमा मिठाइ लगायतका परिकारको बढी कारोवार हुने गरेको भएपनि तीनको गुणस्तरमा भने खासै ध्यान पुगेको पाइँदैन । सर्वसाधारणले पसलवाट खरिद गर्ने मिठाइ कस्तो ठाउँमा बनेको छ, कस्ता बस्तु प्रयोग गरिएको छ र त्यसको गुणस्तर कस्तो छ भन्ने जानकारी पाएका हुदैनन् । मिठाइमा प्रयोग गरिएका रङ खान मिल्ने छकी छैन भन्ने पनि सबैमा ज्ञान नहुन सक्छ । झट्ट हेर्दा राम्रो र मुख रसाउने खालको देखिएपनि मिठाइ खान योग्य नहुन सक्छ ।
अहिले राजधानीका हरेक क्षेत्रमा मिठाइ भण्डार खुल्नेक्रम पनि बढिरहेको छ । तर, ती मिठाइ भण्डारले तोकिएको मापदण्ड भने कमै मात्र पुरा गरेको पाइएको छ । सरकारी निकायले गर्ने गरेको अनुगमनका क्रममा राजधानीका अधिकाशं मिठाइ पसल मापदण्ड विपरित सञ्चालनमा रहेको भेटिएको छ ।
तीनका उत्पादनमा झिंगा, साङ्ला मात्र भेटिएका छैनन खानै नहुने रङ समेत प्रयोग हुने गरेको छ । मिठाइ बनाउने ठाउँको सरसफाइ नगर्ने, भाडाकुडा नमाझ्ने, फोहर स्थानमा भण्डार गर्ने गरेकाले अधिकाशं मिठाइ पसलका उत्पादन खानै नमिल्ने समेत भेटिएका छन् । यस्तै, म्याद नाघेका वस्तू प्रयोग गर्ने गरेको समेत भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनमा सबैभन्दा धेरै मिठाइ पसल फोहोरमा रहेको भेटिएको छ । अत्यधिक फोहोरमा मिठाइ बनाउने गरेकाले अधिकाशं पसल कारवाहीमा समेत परेका छन् । पछिल्लो ३ महिना अवधीमा गरिएको अनुगमनमा राजधानीका नाम चलेका ठूला मिठाइ पसलका उत्पादन खान योग्य नरहेको भेटिएको छ ।
ती पसललाई बिभागले सिलवन्दी गर्ने, सुधारका लागि म्याद दिने र कतिपयलाई मुद्धा दर्ता समेत गरेको छ । साङ्ला, झिंगा, मौरी, मुसा डुवेका मिठाइ समेत विक्रिका लागि तयार बनाउने गरेको पनि बजार अनुगमनवाट भेटिएको छ ।
बिभागका सहायक प्रवक्ता मोहन चापागाइले राजधानीका अधिकाशं मिठाइ पसलमा सरसफाइको समस्या रहेको बताए । ‘सबैजसोमा सरसफाइ छैन, फोहोरमा बनाउने, झिंगा, साङ्ला, मुसा डुवेको पनि भेटियो’, चापागाइले भने, ‘कतिपयलाई सुध्रने मौका दिएका छौ, अटेर गर्नेलाई मुद्धा दर्ता समेत भएको छ ।’ कतिपयले ट्वाइलेटको नजिक मिठाइ बनाउने गरेको पनि अनुगमनवाट भेटिएको छ ।
हेर्नुहोस् कुन पसलमा के भेटियो ?
अनमोल स्वीट्स भाटभटेनी–मिठाइमा साङ्ला भेटिएकोले सिलवन्दी, सरसफाइका लागि निर्देशन दिएको ।
पुजा स्वीट्स एण्ड चाट खिचापोखरी –सरसफाइ नभएको, सुधारर्न निर्देशन दिएको ।
गुलाव जामुन महाराजगञ्ज–मिठाइ बनाउने ठाए फोहोर, उत्पादन रोक लागाएको ।
प्रिया स्वीट्स एण्ड चाट महाराजगञ्ज–सरसफाइ नभएको ।
रुवी स्वीट्स महाजगञ्ज–सन्तोषजनक सरसफाइ नभएको, सुधार्न निर्देशन दिएको ।
त्रिमुर्ति मिष्ठान्न भण्डार बालाजु– ढुसी परेको मिठाइ विक्रिमा, मिठाइ बनाउने ठाउँ फोहोर ।
शालिमार हस्पिटालिटी एण्ड फुड सुन्धारा– भारतवाट आयातित ५ वोरा चामल र ९ वोरा चनामा उत्पादन मिति नभएको ।
शिव शंकर स्वीट्स न्युरोड–उत्पादनस्थल फोहोर ।
शिवम स्वीट्स रामेश्वरम् गठ्ठाघर–रसवरीमा माहुरी, फ्रिज स्टोरेज नभएको ।
दुधसागर मिठाइ सव जमल–सागुरो भान्सा, मिठाइ बनाउने ठाउँ अन्तै ।
बागमती स्वीट्स त्रिपुरेश्वर–उत्पादन कक्ष अव्यवस्थि, उत्पादन गर्ने र भाडा माज्ने एकै ठाउँमा, मरमसलाको पाकेटमा उत्पादन लेवल नभएको ।
स्वीट्स केभ कालिमाटी –पोहर राख्ने वाल्टि खुला, चामल दालमा डेट नभएको ।
सूर्यदेव मिठाइ प्रोडक्टस सोह्खुट्टे–लेवलको भाषा नियमानुसार नभएको ।
लाखा छें मिठाइ पसल कामनपा १६–डिप प्रिज नभएको ।
शिव मिष्ठान्न भण्डार नयाँबजार–वेसनमा किरा, म्याद नाघेका फुड फ्लेवर चास्नी, छेना राखिएको ।
बिमला स्वीट्स एण्ड चाट हाउस –भाडा धुने र मिठाइ बनाउने स्थान नछुट्एिको मिठाइ राख्ने ¥याक फोहर जालीले ढाकेको ।
लक्ष्मी चाट हाउस बागवजार–जेरी निम्की नछोपी राखेको, मिठाइ बनाउने ठाए सुरक्षित नभएको ।
व्यन्जन मिष्ठान्न भण्डार गौशाला–भाडा धुने स्थान अलग नभएको, रोड छेउमा मिठाइ बनाउने ठाउँमा झ्यालमा जाली नभएको ।
न्यु अन्नपूर्ण मिठाइ पसल गौशाला–पुरानो मिठाइ, छैना, पानी म्याद नाघोको, भाडा धुने मिठाइ बनाउने ठाउँ एउटै ।
कलकत्ता स्वीट्स –म्याद नाघेको खानेकुरा भेटिएको ।
राम भण्डार–सरसफाइ नभएको, सुधार गर्न निर्देशन ।
कारवाही के हुन्छ ?
बिभागले अनुगमनका क्रममा विरलै मिठाइ पसल मात्र सरसफाइ रहेको जनाएको छ । फोहोरमा मिठाइ बनाउने तथा खान अयोग्य मिठाइ विक्रि गर्नेलाई सुधारको निर्देशनसँगै सिलवन्दी गर्ने र अटेर गर्नेलाई अदालतका मुद्धा दर्ता गर्ने गरेको जनाएको छ । पछिल्लो समय मात्र आधार दर्जनलाई सिलवन्दी गरिएको जनाएको छ ।
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses