दसैं यसरी बन्यो कालः मासु खाँदा घाटीमा हड्डी अड्किएर मृत्यु
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

घाटीमा मासुको हड्डी अड्किएर कञ्चनपुरमा एक पुरुषको ज्यान गएको छ ।मंगलबार बडादसैंको दिन कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५५ वर्षीय बहादुर रावलको घाटीमा मासु अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।‘सोमबार राति खानासँगै मासु खाँदा हड्डी अड्किएछ’, कञ्चनपुर प्रहरी प्रवक्ता नैनसिंह कार्कीले भने- ‘महाकाली अञ्चल अस्पताल ल्याइ उपचार गराउने क्रममा मृत्यु भयो ।’रावल शुक्लाफाँटा वन्यजन्तु आरक्षको वार्डेन कार्यालय मझगाउँमा सशस्त्र वन रक्षक (ग्यामस्टोक) पदमा कार्यरत थिए । उनको बुधबार विहान आफन्तले दाहसंस्कार गरेका छन् ।स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses