३० लाख आप्रवासीलाई अमेरिकाबाट निकालिने छ
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन्।
‘अपराधिक पृष्टभुमि भएका करिव २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकाबाट निकानिने छ,’ उनले अगाडि बताएका छन् ‘लागूऔषध कारोबारी, आतंककारी पृष्टभूमि भएका, अपराधिक समूहमा संलग्न सदस्य तथा मानव ओसार पसारमा संलग्नलाई निकालिने छ।’
अमेरिकाभरीमा १ करोड १० लाख अवैधानिक आप्रवासी रहेको बताइएको छ। बढी संख्या मेक्सिकोबाट आएकाहरुको छ।
अन्तर्वार्तामा ट्रम्पले बताएअनुसार अपराधिक पृष्टभूमिभएका आप्रवासीहरुको संख्या २० लाखदेखि ३० लाखसम्म रहेको छ। ‘ड्रग डिलर्समा संलग्न, अपराध गरेर अमेरिकाभित्र रहेका अबैधानिकहरुलाई निकालिने छ।’स्रोत : सेतो पाटि

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses