स्वस्थ मन्त्रि गगन थापाले मुखले होइन : कामै गरेर देखाए
वीर अस्पताल, परोपकार तथा प्रसूति गृह थापाथली र कान्ति बाल अस्पताल महाराजगञ्जमा जचाउनको लागि बिरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । ती अस्पतालले बुधबारदेखि टोकन प्रणाली लागू गरेकाले लाइन लाग्ने झन्झन्टबाट बिरामीहरु मुक्त भएका हुन् ।
वीर अस्पतालका नवनियुक्त निर्देशक डा. भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनका लागि टोकन सिस्टम लागू गरेको बताए । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाँउन घण्टौं लाइन बस्ने बाध्यताको अन्त्य गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएका थिए ।
वीरका निर्देशक डा. बस्नेतका अनुसार वीर अस्पतालले टोकन प्रणालीसँगै १५ दिनभित्र डिजिटल नागरिक वडापत्र समेत राख्ने तयारी गरेको छ । वीरको डिजिटल नागरिक बडापत्रमा अस्पतालबाट पाउने सेवा सुविधाहरुको जानकारी दिइने छ ।
अस्पतालमा आउने बिरामीले कुन रोगका लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, कहाँ पैसा तिर्ने, भिडियो एक्सरे, एक्सर कहाँ गर्ने, रिर्पोट लिने, ओपीडीमा कहाँ गएर जचाउनेलगायतका सेवालाई डिजिटल डिस्प्लेमा देखाइने भएको छ । डिस्प्लेमा अस्पतालको इतिहासदेखि हालसम्म अस्पतलले गरेका काम तथा थप सेवाको बारेमा समेत देखाइने भएको छ ।
अस्पतालले डाक्टरको नामावली र उपलब्ध हुने समयका बारेमा समेत जानकारी दिने गरी डिस्प्ले बनाउने योजना रहेको निर्देशक बस्नेतले जानकारी दिए । वीर अस्पताल बाहेक परोपकार तथा प्रसूति गृह थापाथली, कान्ति अस्पताल महाराजगञ्जलगायतले समेत लाइन व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरेका छन् ।
मन्त्री थापाले देशभरका सबै सरकारी अस्पताललाई लाइन व्यवस्थापन गर्न मन्त्रालय मातहतका निकायलाई समेत निर्देशन दिइसकेका छन् । अाजकाे राजधानी दैनिकमा खबर छ ।स्रोत : पुर्बेली न्यूज
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses