जोया जिबन काण्ड :कामे मगर र महेश राना धरौटीमा यसरी भए थुनामुक्त (भिडियो सहित)
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

अन्तत जोया जीवन काण्डमा थुनामा परेका जीवनका मामा समाजसेवी कामे मगर र डिके मिडियाका पत्रकार महेश राना थुना मुक्त भएका छन ।

आजै काठमाडौँ जिल्ला अदालतमा जनही ३० हजार धरौटी राखी उनीहरु थुनामुक्त भएका हुन् ।

चितवनको आदर्श गृहको लापरबाहीबाट देशनिकाला परेका जोया र तिनका २ नेपाली बच्चाहरु मिगेल मगर र एरिक मगरलाई फिलिपिन्सबाट कानुन सम्मत फर्काएर ल्याए पछी आफु र आफ्नो संस्था को बेइज्जत भएको भन्दै आदर्श गृहकी संचालिका मिना खरेलले कामे मगर , महेश राना लगायत दर्जनौंलाई मुद्दा हालेकी थिइन् ।

जोया र नानीहरुलाई फर्काउन हंग कंग निवासी नबिन जंग , नवांग शेर्पा , न्युयोर्क निवासी आङ कामि शेर्पा, कोरिया निवासी प्रेम सुब्बा , डिके मिडिया , पेम्बा शेर्पा, ओखल ढुंगाका पेमा निमा शेर्पा, नेपाल मगर शंघ, अमेरिकन दुताबास काबुलमा कार्यरत नेपालीहरु, देव भण्डारी, नेरुता तामांग , शरिन तामांग , रोहित कटवाल, हरिश गुरुङ , कमला दाहाल , पुर्ब डिआइजी पार्वती थापा  लगायत संसार भरका नेपालीहरुले आर्थिक र नैतिक सहयोग गरेका थिए ।

नेपाल फर्किसके पछिजोया र जीवनको बिहे दर्ता गराई नानीहरुको जन्म दर्ता गर्न र  जोयालाई नेपाली नागरिकता बनाउन भनी गृह जिल्ला चितवन गएको बेला चितवन जिल्ला अदालत परिसर बाटै कामे मगर , महेश राना , जिबन मगर, जोया र नानीहरु सबैलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।तर पछी सिडिओको रोहबरमा जीवन जोयाले मागी मागेर मिना खरेलको जयजयकार गर्दै फेसबुक र युट्युबमा भिडियो हाल्ने बाचा गरे पछि जोया जीवन भने त्यहाँ बाट उम्कन सफल भएका थिए भने कामे मगर र महेस रानालाई भने तत्काल हिरासतमा लिई साइबर क्राइम अन्तर्गत मुदा चलाउन काठमाडौँ प्रहरी परिसर हनुमान ढोका चलान गरिएको थियो ।

समाजसेवा गर्दा बिनाकारण आफुलाई अन्यायपुर्बक दुख दिइएको भन्दै हनुमान ढोका प्रहरी थुना भित्रै  कामे मगरले ५ दिन सम्म भोक हड्ताल समेत गरेका थिए । यस पश्चात उनि सिकिस्त बिरामी परेपछि बिर अस्पताल पुर्याइएको थियो  ।सहयोगीहरु ,  प्रहरी अधिकारी हरु , आफन्तहरुले समेत कानुन सम्मत सत्य तथ्य पत्ता लागेपछि गल्ति नगरेको भए स्वत सफाई पाउने भनी आश्वस्त पारेपछि उनले भोक हड्ताल त्यागेका थिए ।

आगामी दिनमा मिना खरेल बिरुद्ध जोया जीवन , कामी मगर , महेश राना आदिले मुद्दा मामिला गर्लान या चुपचाप बस्लान् त्यो भने हेर्न बाँकि छ ।
पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<जोया जिबन काण्ड :कामे मगर र महेश राना धरौटीमा थुनामुक्त>>

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, , ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses