सहवासले बढाउँछ स्मरण शक्ति (नयाँ अध्ययन)
यौनले तपाईंलाई स्लिम, खुसी र स्वस्थ बनाउने यसअघि नै अनुसन्धानकर्ताहरुले बताउँदै आएका थिए । उनीहरुले यौनका कारण फाईदा हुने अर्काे नयाँ तथ्य पनि पत्ता लगाएका छन्, त्यो हो स्मरण शक्तिमा बृद्धि क्यानडास्थित म्याक गिल युनिर्भसिटीका वैज्ञानिकहरुका अनुसार सुरक्षित र नियमित यौन सम्पर्क गर्ने महिलाको स्मरणशक्ति अन्य महिलाको भन्दा बढी पाएका थिए ।अनुसन्धानकर्ताहरुको समूहले ७८ जना महिलाहरुमाथि अध्ययन गरेको थियो । उनीहरुको उमेर १८ देखि २९ वर्ष रहेका थियो । उनीहरुले कम्युटर प्रविधिद्धारा सहभागीको स्मरण विश्लेषण गरेका थिए ।यौनमा निकै कम वा सहभागी नभएका महिला भन्दा यौनमा नियमित जसो सहभागी हुने महिलाले सजिलै शब्द र अनुहारको स्मरण गरेका थिए । यौनले मानिसको स्मरण शक्ति हिपोक्याम्पस र स्नायु तन्तुको वृद्धिलाई सुधार गरिदिने र यसले समग्रमा स्मरणशक्ति बृद्धि गर्ने बताएका थिए ।उनीहरुका अनुसार शब्द भन्दा कम्युटरमा देखाइएका अनुहार स्मरण गर्न गाह्रो हुने गरेको छ । ‘दिमागलाई सक्रीय बनाउने रसायन, हर्मन र न्युरो ट्रान्समिटर यौन र स्मरणसँग सम्बन्धित छन्,’ म्याक गिल युनिर्भसिटीका मनोवैज्ञानिक प्राध्यापक जिनस प्रुसनर भन्छन् ।स्रोत : घटना विचार =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses