एमाले अध्यक्ष ओली विरामी,
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । स्रोतका अनुसार ओलीलाई डाइरिया (पखाला) भएको छ । उनको अहिले बालकोटस्थित निवासमै उपचार भइरहेको छ । विरामी हुँदा ओलीले तीन वटा महत्वपूर्ण कार्यक्रम छुटाएका छन् । विरामी भएकै कारण ओली विहान बसेको एमाले संसदीय दलको बैठकमा उपस्थित हुन सकेनन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले अध्यक्ष ओली विरामी भएकै कारण बैठकमा उपस्थित हुन नसकेको बताए । ‘अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण उपनेता सुवास नेम्वाङको अध्यक्षतामा संसदीय दलको बैठक सम्पन्न भयो,’ ढकालले भने । यसैगरी ओली विरामी हुँदा संयुक्त राष्ट्रसंघबाट आएका प्रतिनिधले भेट गर्न पाएनन् भने अपराह्न बसेको तीन दलका शीर्ष नेताको बैठकमा ओली सहभागी हुन सकेनन् । स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
, ,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses