स्तनको आकार घटाउने सामान्य तरिका ( जानी राखौ )
चिकित्सा विधिबाट स्तनको आकार हटाउन सकिने भएकाले डाक्टरको सल्लाह लिनुहोस् । औषधि र प्राकृतिक उपचार विधिबाट पनि स्तनको आकार घटाउन सकिन्छ । तर अन्य तरिकाबाट स्तनको आकार घटाउन नसकेपछि मात्र उपचारात्मक विधि खोज्नु राम्रो हुन्छ ।
खानपान परिवर्तन
क) कम क्यालोरी भएका खाना खाने
सर्वप्रथम स्तनको आकार घटाउन तौल कम गर्नुपर्ने हुन्छ । तौल कम गर्न कम क्यालोरी भएका खाना खानुपर्छ । खाना आफ्नो शारीरिक गतिविधिअनुसार खानुपर्छ । यदि तपाईं कम परिश्रम गर्नुहुन्छ भने खाना पनि कम खानुहोस् । कति तौल कति समयमा घटाउने भन्ने यकिन गरेर तौल घटाउन सुरु गर्नुपर्छ । डाइटिसियनको सल्लाहअनुसार पनि क्यालोरीको मात्रा निर्धारण गर्न सकिन्छ । माछा, मासु, भात, अण्डा, बदाम, दुध र दुधजन्य पदार्थ, चकलेट, फास्टफुड, जंकफुड आदिमा बढि क्यालोरी हुन्छ । खानामा प्रतिदिन १० देखि २५ प्रतिशतसम्म क्यालोरी कम गर्दै जानुपर्छ । सागसब्जी तथा फलफुलमा क्यालोरी कम हुन्छ ।
ख) नुनिलो, चिल्लो र गुलियो कम गर्ने
धेरै नुन सेवनले शरीरमा पानीको मात्रा कम गराउछ र शरीर सुन्निन्छ । चिनीले अक्षम क्यालोरी उत्पादन गर्छ, जसले मानिसलाई भोकको अनुभव गराउँछ । चिल्लो पदार्थले मोटोपना बढाउँछ । जंकफुड र फास्टफुडमा अस्वस्थकर नुनिलो, चिल्लो र गुलियो सबै बढी हुन्छ ।
ग) पोषकतत्व भएका खाना खाने
पोषकतत्व बढी भएका खाना कम खानाले पनि प्राकृतिकरुपमा स्वस्थ रहन मद्धत गर्छ । पोषकतत्व बढी भएका खानामा सागसब्जी र फलफुल पर्छन् । तुलनात्मक रुपमा कुखुराको मासु, माछा, अण्डा, बदाममा अस्वस्थकर चिल्लो पदार्थ कम हुन्छ । र यसमा राम्रो प्रोटिन पनि पाइन्छ । तर यस्ता प्रोटिन सेवन गरेमा शारीरिक व्यायाम गर्नुपर्ने हुन्छ । खाना सन्तुलित हुनुपर्छ । शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, भिटामीन, खनिज र फाइबरको आवश्यकता पर्छ ।
व्यायाम सुरु गर्नुहोस्
विभिन्न शारीरिक व्यायामले स्तनको आकार घटाउन सकिन्छ । यदि तपाईं मोटो हुनुहुन्छ भने मोटोपना घट्दै गएपछि स्तनको आकार पनि सानो हुँदै जान्छ । व्यायामले स्तनको आकार घट्नेमात्र होइन शरीर नै स्वस्थ हुन्छ ।
स्रोत :स्वास्थ्य खबर =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::


0 comments
Write Down Your Responses