दोस्रो बिहे गरेकी २० वर्षीया कमलाको हत्या हो कि आत्महत्या ?
=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======

बाजुरा जिल्लामा झुण्डिएको अवस्थामा एक जना महिलाको सव फेला परेको छ । आटिचौर गाविस वडा नं ७ मैतोला माइती घर भएकी अन्दाजी २० वर्षीया कमला नाथ आटिचौर गाविस वडा नं २ बुढाबाडामा पैयुँको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कमलाको के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानका लागि प्रहरी चौकी डोगडी र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलतर्फ प्रहरी निरीक्षक हरिहर सुनारले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेकी कमला एचआरसी नामक गैर सरकारी संस्था बाजुराअन्तर्गतको खाद्य सुरक्षामा सामाजिक परिचालकको रुपमा कार्यरत थिइन् । कमलाले केही हिना अगाडि कैलाशमाण्डौ गाविस वडा नं ७ का मोहन बिष्टसंग दोस्रो विवाह गरेकी थिइन् । कमलाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा ल्याउने तयारी भएको मृतकका आफन्तले बताएका छन् ।स्रोत : दैनिक नेपाल

=======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
,
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments

Write Down Your Responses