मलेसियाको सनवे अस्पतालमा सुजाता कोइरालाको शल्यक्रिया
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालालाई पाठेघरको पनि क्यान्सर भएको छ ।
स्तन क्यान्सर लागेको थाहा पाएपछि उपचारका लागि कात्तिक २८ गते सिंगापुर गएकी सुजातालाई सेन्ट पिटर्सवर्गमा चेकजाँचका क्रममा पाठेघरको क्यान्सर भएको संकेत देखिएको थियो । र उक्त अस्पतालले थप परीक्षणका लागि मलेसियाको सनवे अस्पताल पठाउँदा पाठेघरको क्यान्सर पनि भएको पत्ता लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
आइतबार मलेसियाको सनवे अस्पताल पुगेकी सुजाताको मंगलबार सफलतापूर्वक पाठेघरको अप्रेशन भएको छ ।
यद्यपी स्तन क्यान्सरको पूरा रिपोर्ट अझै आउन बाँकी छ । सिंगापुरको सेन्ट पिटर्सवर्ग अस्पतालले छिट्टै यो रिपोर्ट उपलब्ध गराउने बताइएको छ । हाल सुजाता मलेसियामा आराम गरिरहेकी छन् ।
यसअघि सरकारले सुजातालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो ।
स्रोत : दैनिक नेपाल =======भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोस्=======
Recent Updates
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस् ::

0 comments
Write Down Your Responses